सडक समयमा नबन्दा स्थानिय आक्रोशित

चैत १,सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौर बजारको सडक ३ बर्ष अगाडि देखि कालोपत्रेको लागि काम सुरु गरिए पनि अहिलेसम्म पनि कालोपत्रेको कामले गति लिन सकेको छैन् । सडकको दुइतिर नाला तथा ग्राबेल बिछ्याउने काम सम्पन्न भइ सकेको छ । २ पटक म्याद थप्दा पनि निर्माण ब्यवसायीको लापरवाहीका कारण कामले गति लिन सकेको छैन् ।
सडक समयमा सम्पन्न नगरेको तथा कमसल सामाग्री प्रयोग गरेको भन्दै स्थानियले आज बाबियाचौर बजारमा बिरोध समेत गरेका छन् । यता नगरपालिकाले भने ढेकेदार पक्षलाइ पटक पटक ताकेता गर्दा पनि बिभिन्न बाहान बनाउने गरेको बताएको छ । २ करोड ८० लाख को लागतमा सडक कालोपत्रे हुने नगरपालिकाले जनाएको छ । सडकमा थुपारेको गिट्टीले सडक झन साघुरो बनाएको छ भने सडक आसपासका नागरिकहरु घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या सहदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close