सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनको कार्यतालिका प्रति पदाधिकारीकै गम्भिर आपत्ति

 

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि निर्वाचनको सार्वजनिक कार्यतालिका प्रति पदाधिकारीले नै आपत्ति जनाएका छन् । संघका निवर्तमान अध्यक्ष प्रकाश अधिकारी, वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, उद्योग उपाध्यक्ष गणेश बस्नेत लगायतका पदाधिकारीहरुले प्रेस विज्ञप्ती जारी गर्दै कार्यतालिका प्रति गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ ।

सहमति, सहकार्य र एकताको माध्यमबाट समग्र उद्योगी, व्यवसायीहरुको हक अधिकार स्थापित गर्नुपर्नेमा संघमा एकलौटी ढंगबाट सहमतिका ढोका बन्द गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गर्नु आपत्तिजनक रहेको बताउनु भएको छ । पदाधिकारीहरु बिच सहमति नहुँदा नहुँदै पनि सयौँ व्यवसायीलाई बाहिर राखेर प्रकाशन गरिएको निर्वाचन कार्यतालिका स्विकार योग्य नभएको व्यवसायीको भनाई छ ।

सुर्खेत उद्योग वाणिज्य संघ भित्र लामो समय देखि सदस्यता विवाद कायम छ । विवादकै बिच उद्योग वाणिज्य संघका पदाधिकारीहरुले चैत्र २६ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गरे संगै थप विवाद चर्कीएको छ । चैत्र २६ गते चैते दशैँ परेकाले उक्त दिन पूर्व सिम्ता देखि पश्चिम लगाम सम्मका व्यवसायीहरुलाई निर्वाचनमा सहभागि हुनबाट बन्चित गराउने नियत नराखी एकताबद्ध गरेर अगाडी बढ्न आग्रह जारी विज्ञप्तिमा गरिएको छ ।
संघको कार्य समितिले मंगलबार वीरेन्द्रनगर–६ स्थित सिटिहल नजिकै निर्वाचन समिति सचिवालय स्थापना गरे संगै अर्को पक्ष झनै रुष्ट बनेको छ । संघले निर्वाचनको लागि दुई हजार १४ जनाको नामावली प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close