पश्चिम नेपालका हिन्दु आस्थाका धरोहर नागा बाबा हरि शंकरकाे निधन

श्री श्री श्री १००८ हरि शंकर नागा बाबाको (हिरामान हरि गिरी) को नेपालगञ्जमा ८७ बर्षको उमेरमा निधन भएको छ । विगत तीन महिनायता मस्तिष्कमा रक्तस्राव (ब्रेन ह्यामरेज) बाट पिडित नागा बाबाको मंगलबार दिउँसो १ बजेर १५ मिनेटमा नेपालगञ्जस्थित हनुमत गौशालामा निधन भएको हो ।
एक्कासी मस्तिष्कमा रक्तस्राव (ब्रेन ह्यामरेज) भएपछि उहाँलाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । उहाँको थप उपचारका लागि भारतको मेदान्त अस्पतालसम्म लगिएको थियो । अस्पतालको सल्लाह अनुसार १ महिना उपचार पछि नेपालगञ्ज आफ्नै आश्रममा औषधि भइरहेको थियो ।
उहाँ नेपालगञ्जको हनुमानगढी मन्दिर संचालन तथा व्यवस्थापन समितिका संरक्षक रहि श्री महन्त पदमा बस्नुभएको थियो । त्यसै गरी सुर्खेतको गंगामाला देउतीबज्यै मन्दिरको पूर्वाधार निर्माणका लागि २०७४ सालमा भएको देउतिबज्यै धनधान्याचल महायज्ञका प्रमुख संरक्षकमा रहनु भएको थियो ।

उहाँको पार्थिव शरीरलाई आज बिहान ९ बजेसम्म गौशालामा श्रद्धाञ्जलीका लागि राखिने र नेपालगञ्जको परिक्रमा गराई उहाँको बास स्थानमै समाधिष्ट गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close