
हेमन्त कंडेल
सुर्खेत १४, माघ ।
वीरेन्द्रनगर सुर्खेतमा टिप्परले किच्दा एक जनाको मृत्युु भएको छ । कालिकोट महावै गाउँपालिका ३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिप्परले किच्दा मृत्युु भएको हो ।
वीरेन्द्रनगर ३ गौतम चौकमा भे १ ख २२४२ नम्बरको टिप्परले भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । सिंहका आफन्तले अहिले यरिचौक,मंगलगढिचौक र गौतम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन । प्रहरीले टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । आफन्तले घटनाको बदला लिने भन्दै लास उठाएका छैनन् ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।