पञ्चपुरीका ४ जना अनाथ दाजु बहिनिलाई १ लाख बढी आर्थिक सहयोग

सुर्खेत । सुर्खेतको पश्चिमि गाउँपालिका पञ्चपुरीका आमाबुबा गुमाएका ४ जना अनाथा बालबालिकालाई २८ हजारका दरले आर्थिक सहयोग गरिएको छ । सानो उमेरमानै अभिभावक विहिन भएपछि आर्थिक समस्यामासमेत परेका पञ्चपुरी-११, तातापानिका ४ जना अनाथ बालबालिकालाई युवा तथा सामाजिक अभियान्ता निराजन ढकालको संयोजकत्वमा १ लाख १३ हजार ७ सय ८६ रकम बराबरको सहयोग प्रदान गरिएको हो ।

उनिहरूले केही बर्षअघि कलोजोको समस्याले बुवा दिर्गे लोहारलाई गुमाउनु परेको थियो भनें गत असोजमा मात्रै आमा तुल्सी बिकलाई गुमाएपछि अनाथ बनेका थिए । तिनै अभिभावक विहिन बनेका सबैभन्दा जेठ छोरी ११ वर्षिया मनिषा बिक, ९ वर्षिय शंकर बिक र ७ वर्षिया जुम्ल्याह कामना बिक र कविता बिकलाई सबैको भागमा २८ हजार २०० का दरले जम्मा १ लाख १२ हजार ८ सय रकम बाबियाचौरको राष्ट्रिय वाणिज्य बैंकमा सुनामुना खाता खोली जम्मा गरिएको छ भनें १०८० बराबरको फलफुल वितरण गरिएको छ ।

ढकालको आफ्नै पहलमा अनाथा बालबालिका का लागि विभिन्न सहयोगीदाताले उपलब्ध गराएको सहयोग रकम जम्मा गरी भुवन रोकाय र सुरेश राष्कोटीको व्यवस्थापकीय सहयोगमा बालबालिकाको हालको अभिभावक दिदि जैसरा बिक, वडा अध्यक्ष, पालिका अध्यक्ष लगायत सामाजिक अगुवाहरूसँगको उपस्थितिमा दाताहरूले उपलब्ध गराएको सहयोग रकम हस्तान्तरण गरेको संयोजक निराजन ढकालले जानकारी दिए ।

विभिन्न सामाजिक कार्यमा अग्रसर भईरहने निराजन ढकाल मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको सामाजिक कार्य (सोसल वर्क) विभाग मा अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close