एफए कपको फाइनलमा आज चेल्सी र आर्सनल भिड्दै

इङ्गल्याण्ड पुरानो फुटबल प्रतियोगिता एफए कपको फाइनलमा आज चेल्सी र आर्सनल भिड्दैछन् ।

लण्डनका यी दुई टोलीबिचको खेल ऐतिहासिक वेम्बले रंगशालामा आज बेलुकी नेपाली समय अनुसार सवा १० बजे सुरु हुनेछ ।

सेमिफाइनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल तथा म्यान्चेस्टर युनाईटेडलाई पाखा लगाउँदै चेल्सी फाइनलमा पुगेको हो ।

दुबै टोली जारी सिजनमा पहिलो उपाधिको खोजीमा छन् ।

दुई युवा प्रशिक्षकहरु मिकेल अर्टेटाको आर्सनल र फ्राङ्क लाम्पार्डको चेल्सीलाई इंग्लीश फुटबलमा नयाँ युगको थालनीको रुपमा हेरिएको छ ।

प्रिमियर लिगमा चौथो स्थान हात पारेको चेल्सी आगामी सिजनको च्याम्पियन्स लिगमा छनौट भईसकेको छ ।

यो सिजनको प्रिमियरसिपमा खराब प्रदर्शन गरेको आर्सनललाई युरोपा लिगमा छनौट हुन आजको खेल जित्नैपर्ने दबाब छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close