मुख्यमन्त्रीद्वारा रंगशालाको शिलान्यास

सुर्खेत । कर्णालीको पहिलो प्रदेश गौरवको आयोजनाका रुपमा सुर्खेत रंगशालाको निर्माण कार्य शुरु भएको छ । आज एक समारोहका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले रंगशाला निर्माण कार्यको शिलान्यास गर्नुु भएको छ ।
रंगशाला निर्माण कार्य अघि बढाउन कर्णाली खेलकुद विकास परिषद् र निर्माण कम्पनी एमएसीजिएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाण्डौं बीच यही कात्तिक अन्तिम साता सम्झौता भएको थियो । रंगशाला निर्माणका लागि प्रदेश सरकारले पहिलोपटक ग्लोबल टेण्डर आव्हान गरेको थियो । बोलपत्रमा सहभागी ६ कम्पनीमध्ये एमएसीजिएसएल ज्वाइन्टभेन्चर छानिएको हो ।
रंगशालाभित्र फिफाको मापदण्डअनुसार१० हजार दर्शक क्षमता फुटबल मैदान र स्वीमिङ पुल निर्माण गरिनेसाथै, आठ लेनको एथ्लेटिक्स ट्रयाक बनाइनेछ । भीआइपी प्याराफिट तथा वेटिङ रुम, रेफ्री, चेन्जिङ, रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी र मिडिया रूम निर्माण गरिनेछ । अपाङ्गतामैत्री संरचना, हरियाली ल्याण्डस्केप र अण्डरग्राउण्ड पार्किङ निर्माण गर्ने गरी रंगशालाको डिजाइन गरिएको मन्त्रीपरिषद् सदस्य सचिब विश्बमित्र सन्जालले जानकारी दिनुभयो ।
रंगशाला शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजना भएकाले यसको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो ।
साथै उहाले प्रतियोगितामा पदक विजेता खेलाडीको जीविकोपार्जनका लागि प्रदेश सरकारले निश्चित मापदण्ड बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले हरेक मन्त्रालयबाट निरीक्षणको लागी मानिस खटाईने समेत उहाले बताउनु भयो। शिलान्यास समारोहमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले प्रदेशस्तरीय रंगशाला निर्माण हुनु सुर्खेतका लागि गौरवको विषय भएको समेत बताउनु भयो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने गरी रंगशाला निर्माण थालेको हो ।आयोजना शिलान्यास भएको ३० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
प्रदेश खेलकुद विकास परिषद्ले १ अर्ब ५९ करोड रुपैयाँमा रंगशाला निर्माणको ठेक्का सम्झौता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close