
सुर्खेत ७, माघ ।
मालपोत कार्यालय सुर्खेतको सेवा प्रवाह ठप्प भएको छ । छिटो छरितो सेवा प्रवाह गर्न नसकेको भन्दै सेवाग्राहीले मालपोत कार्यालय घेराउ गरेपछि कर्मचारीले सुरक्षा चुनौती बढेको भन्दै काम रोखे पछि सेवा प्रवाह रोकिएका हो । केहि दिन अघि कर्मचारीको मिलेमतोमा जग्गा धनीलाई थाहै नदिइ अर्कैको नाममा जग्गा नामसारी गरिदिएको आरोपमा एक कर्मचारीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिए पछि मालपोत कार्यालय सुर्खेतका धेरैजसो कर्मचारी विदामा बसेका छन् । जग्गा किनवेचको अनुसन्धानमा तानिन सक्ने मनोवैज्ञानिक त्रासले कर्मचारी विदामा बस्दा एउटै कर्मचारीले धेरै फाटमा काम गर्नुपर्ने अवस्था रहेको कर्मचारीले बताएका छन् ।
बुधबार विहानै सेवाग्राहीले सेवा प्रवाहमा ढिलासुस्ती भएको आरोप लगाउदै कार्यालय घेराउ गरेका थिए । कर्मचारीले काम गर्ने वातावरण नभएको भन्दै काम रोखेका छन् । यता सेवाग्राहीले सामुहिक रुपमा सेवा प्रवाहलाई छिटो छरितो र सकेसम्म एकै दिनमा काम सक्ने वातावरण बनाउन माग गरेका छन् ।
करिव एक साता यता कार्यालय प्रमुखको सरुवा भएको कारण कर्मचारीले नयाँ कार्यालय प्रमुखलाई सहयोग नगरेको प्रमुख हिक्मत जंग शाहीले आरोप लगाएका छन् । जग्गा रोक्का, कित्ता काट, नामसारी लगायतका सेवाका लागि आएका सेवाग्राहीले लामो समयसम्म लाइनमा बस्नु पर्ने समस्या रहेको छ । प्रमुख शाहीले छिट्टै कर्मचारी व्यवस्थापन गरी प्रभावकारी सेवा दिनका लागि माथिल्लो निकायसँग समन्वय भएको बताए ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।