सुर्खेतमा राष्ट्रिय सभा सदस्यका लागि ४ जनाको उमेद्वारी

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णालीमा नेकपा र नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन । दुवै पार्टीका चार जना उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि वीरेन्द्रनगरमा मनोनयन दर्ता गरेका हुन ।
नेपाली काँग्रेसका तर्फबाट डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले उम्मेदवारी दिनु भएको छ । यस्तै नेकपाका उम्मेद्वार मायाप्रसाद शर्मा र सुमित्रा विसीले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ ।


कर्णालीमा प्रदेश सभाका ४० सांसद र ७९ पालिकाका प्रमुख÷उप–प्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष १५८ गरी १९८ जनाले मतदाता रहेका छन । पालिकाको मतभार १८ र सांसदको ४८ रहेको प्रमुख निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close