खमारीखोला लद्यु जलबिद्युतको चौथो साधारण सभा सम्पन्न

कमल कुमार न्यौपाने
चैत १८, सुर्खेत । खमारीखोला लद्यु जलविद्युत आयोजनाको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । आयोजनामा हाल खमारी खोला क र ख सञ्चालनमा आइ रहेको छ । अन्धाकार जस्तै बनेको पञ्चपुरीका गाउँ घरमा नै सञ्चालन आएका लघु जलविद्युतले स साना कलकारखानाहरू समेत सञ्चालनमा आईरहेका छन् । पञ्चपुरी नगरपालिकाको बाबियाचौर बजाार लगायत आसपाशका क्षेत्रमा अहिले खमारी खोलाबाट उत्पादन भएको बिद्युत नियमित रुपामा बितरण भइरहेको छ । साधारणसभामा सस्थांका अध्यक्ष सुरेन्द्र बहादुर शाहीले ८३ लाख ६९ हजार ४ सय ८२ रुपैयाँको बार्षिक प्रगती तथा आयव्यय विबरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close