सुर्खेत उद्योग बाणिज्य संघको बृहत रक्तदान कार्यक्रम सम्पन्न

साउन १२, सुर्खेत । ५६ ‍औं राष्ट्रिय रक्तसञ्चार दिवसको अवसरमा सुर्खेत उद्योग बाणिज्य संघले बृहत रक्तदान कार्यक्रम गरेको छ ।
नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्मचार्य र कर्णालीका सर्वाधिक रक्तदाताले संयुक्त रुपमा रक्तदान गर्नुभएको हो ।
९१ जना रक्तदाता ले रक्तदान गर्नुभयको उक्त कार्यक्रममा नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्मचार्य ले १७१अ‍ौ पटक र कर्णालीका सर्वाधिक रक्तदाता प्रभाष कुमार शाक्य ले ७५ अ‍ौ पटक ले संयुक्त रुपमा रक्तदान गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले सर्वाधिक रक्तदाताद्वयलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
त्यस्तै आज नै कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बढ्दो रगत आपूर्तिको मागलाई सहज व्यवस्थापन गर्नकालागि आज नेपाल स्वयंसेवी रक्तदाता समाजको सुर्खेत शाखा गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close