एनसेलले बुझायो ४ अर्ब ५० करोड कर , बाँकी रकम किस्तामा बुझाउने

एनसेलले सर्वोच्च अदालतले निर्धारण गरेको कर बुझाएको छ ।

तर कुन महिनामा कति बुझाउने भन्ने स्पष्ट नभएसम्म किस्तामा दिनेसम्बन्धी निर्णय नभएको बताए ।

“यो आर्थिकवर्षभित्र सबै रकम बुझाउनुपर्ने हुन्छ,” उनले भने, “सर्वोच्च अदालतले तय गरेको रकम २२ अर्ब ४४ करोड हो । अहिले ब्याजसहित २२ अर्ब ६७ करोड पुगिसकेको छ । आज २० प्रतिशत रकम अर्थात् ४ अर्ब ५० करोड कर बुझाएको छ ।”

ठूला करदाता कार्यालयमा बुझाउनुपर्ने करवापतको २२ अर्ब ४४ करोड रुपैयाँमध्ये २० प्रतिशत रकम मंगलबार बुझाएको हो ।

ठूला करदाता कार्यालयका प्रमुख झलक अधिकारीले दिएको जानकारीअनुसार एनसेलले किस्तामा रकम बुझाउन माग गर्दै निवेदन दिएको छ ।

एनसेलको लाभकरबारे सर्वोच्च अदालतले मंसिर ५ गते फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ तिर्नुपर्ने भनेको थियो । यसबाहेक ठूला करदाता कार्यालयले करमा लाग्ने शुल्क र ब्याज थप गरेर गतसाता २२ अर्ब ४४ करोड कर तिर्नुपर्ने बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close