
राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय सांसदहरुलाई शीतल निवासमा बोलाउनु भएको छ।
संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गरेको भोलिपल्ट दिउँसो ३ बजे सांसदहरूलाई शीतल निवासमा निम्तो दिनसभएको हो।
प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपतिले सांसदहरूलाई बोलाएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभएको छ।
आफ्नो ७ वर्षे कार्यकाल सकेर बिदा हुने क्रममा रहनुभएको राष्ट्रपति भण्डारीको सांसदहरुसँग विदाइ भेटसमेत रहेको बताउनुभएको छ।
भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिको चुनाव फागुन २५ गते तोकिएको छ।