
नेपाल दुर सञ्चार कम्पनी लिमिटेडको नाफा गत वर्षको पहिलो त्रैमासभन्दा यस वर्षको पहिलो त्रैमासमा ४० प्रतिशत कम भएको छ ।
गत वर्ष रू. २ अर्ब ५४ करोड ६७ लाख ७९ हजार खुद नाफा गरेको उक्त कम्पनीले यस वर्ष सोही अवधिमा रू. १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार खुद नाफा गरेको हो ।गत वर्षको भन्दा यस वर्ष कम्पनीको कुल आम्दानी पनि ६ प्रतिशतले कम भएको छ ।
गत वर्ष पहिलो त्रैमाससम्म रू. १ अर्ब ५६ करोड ३० लाख ७७ हजार कुल आम्दानी गरेको उक्त कम्पनीले यस वर्ष सोही अवधिमा रू. १ अर्ब ४६ करोड ९१ लाख ३५ हजार आम्दानी गरेको हो । धितोपत्र दोस्रो बजारमा सबैभन्दा बढी पूँजीकरण भएको उक्त कम्पनीको चुक्तापूँजी रू. १५ अर्ब रहेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम भने करीब २ प्रतिशतले बढेको छ । गत वर्ष रू. ७८ अर्ब १३ करोड ८२ लाख ४ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. ७९ अर्ब ६५ करोड ६० लाख २२ हजार पुुगेको छ ।
कम्पनीले गत वर्षभन्दा यस वर्ष लगानी भने बृद्धि गरेको छ । गत वर्ष रू. ४२ अर्ब १९ करोड ७ लाख २० हजार लगानी गरेको उक्त कम्पनीले यस वर्ष रू.४५ अर्ब ५२ करोड ८७ लाख २० हजार लगानी गरेको छ ।
नाफामा कमि आएको कम्पनीको प्रतिशेयर आम्दानी पनि गत वर्षको तुलनामा यस वर्ष कम भएको छ । गत वर्ष वार्षिक रू. ६७ दशमलव ९१ रहेको प्रतिशेयर आम्दानी यस वर्ष रू. ४० दशमलव ४७ रहेको छ । त्यस्तै गत वर्ष रू. ६९१ दशमलव ७६ रहेको प्रतिशेयर नेटवर्थ यस वर्ष रू. ६३१ दशमलव शून्य ४ रहेको छ ।