सुनको मूल्य घट्दा चाँदी चाहिँ बढ्यो

साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले घटेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close