मेगा बैंकको १ लाख २१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं  : मेगा बैंकले १ लाख २१ हजार ४५९  हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । जसमा बैंकले मन्दीरा शाहको नाममा रहेको ९५ हजार ८१९ कित्ता, रविन ढकालको नाममा रहेको १२ हजार ८२० कित्ता र याला एडभेन्चर प्रालीको नाममा रहेको १२ हजार ८२० कित्ता सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री गर्ने मूल्य भने खुलाइएको छैन ।
यसमा मेगाकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले बैंकको केन्द्रीय कार्यालय राइजिङ मल, कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close