
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदका लागि आज (सोमवार) मतदान हुँदैछ ।
दिउँसो १२ः ३० बजे कोषाध्यक्ष पदका लागि निर्वाचन प्रक्रियामा जाने महासंघ सचिवालयले जनाएको छ ।
शेखर गोल्छाको नेतृत्वमा आइतवार आएको महासंघको नयाँ नेतृत्वले कोषाध्यक्ष मनोनयन प्रस्ताव गरेको थियो ।
तर नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरूले सहमतिबाट कोषाध्यक्ष चयन गर्नुपर्ने माग राखेका थिए ।
फलस्वरुप निर्वाचन नै गर्ने सहमति भएको थियो महासंघको निमित्त कार्यकारी निर्देशक मीना श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।
महासंघ स्रोतका अनुसार, गोल्छा पक्षबाट सकुन्तला हिराचन र ढकाल पक्षबाट डिबी बस्नेतलाई कोषाध्यक्षमा उठाउने तयारी छ ।