Murti

रौतहटमा १८ वर्षीय युवकको हत्या

रौतहटमा सोमबार राति एक जना युवकको हत्या भएको छ। कोखा (पेट) मा चक्कु प्रहारबाट रौतहटको वृन्दावन नगरपालिका–३ का १८ वर्षीय नन्दकिशोर रामको मृत्यु भएको हो।

स्थानीय लाले रामले मादक पदार्थ सेवन गरी सोमबार साँझ छिमेकी ललितादेवीलाई गालीगलौज गरेकोमा दुई पक्षबीच विवाद भएको थियो। साेही विवादले झगडाको रूप लिएपछि नन्दकिशोर रामले लाले रामको पक्षमा बोलेको लक्ष्मी रामका १९ वर्षीय छोरा रवि रामले आरोप लगाएका थिए।

दुवै पक्षको झगडा शान्त भइसकेपछि रवि रामले नन्दकिशोरको कोखा (पेट) मा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चक्कु प्रहारबाट सख्त घाइते भएका नन्दकिशोरको उपचारको क्रममा अपोलो अस्पताल चन्द्रपुरमा राति करीब साढे नौ बजे मृत्यु भएको हो।

घटनामा संलग्न रविलाई चक्कुसहित पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सोमबार बिहान रौतहटको माधवनारायण नगरपालिका–५ का एकजना दलित समुदायका एक कलाकारको शंकास्पद अवस्थामा शव फेला परेको थियो।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close