पाकिस्तानले अफगानिस्तानभित्र आक्रमण गर्न सक्ने बताएपछि तालिबानसँग भनाभन

पाकिस्तानको सरकारी तहबाट हालै सीमापार अफगानिस्तानभित्र कारबाहीको संकेत दिइएपछि तालिबानले यसलाई सामान्य ज्ञान पनि नभएको भन्दै आलोचना गरेको छ । पाकिस्तानका एक मन्त्रीको उक्त भनाइको पाकिस्तानभित्रै विरोध भएको छ ।

पाकिस्तानले उग्रपन्थी तहरिक ए तालिबान पाकिस्तान (टीटीपी)ले अफगानिस्तानको भूभाग प्रयोग गरेको तर अफगानिस्तानले त्यसलाई नरोकेको आरोप लगाउँदै आफैँले बल प्रयोग गर्न सक्ने संकेत दिएको थियो । उक्त समूहले पाकिस्तानको सुरक्षा बल, चीन र पाकिस्तानका नागरिकमाथि आक्रमण गरिरहेको पाकिस्तानको भनाइ छ ।

पाकिस्तानी प्रशासनले अफगान सरकारलाई त्यसबारेमा पटक–पटक बताउँदा र प्रमाण दिँदा पनि तालिबान सरकारले त्यसमा काम नगरेको जनाउँदै उनीहरूले स्वतन्त्रतापूर्वक अफगानिस्तानको भूभाग प्रयोग गरेर पाकिस्तानमाथि आक्रमणको तयारी गरिरहेको आरोप लगाएको छ ।

पहिला पनि पाकिस्तानले अफगानिस्तानभित्र कारबाही अघि बढाएको थियो । यो वर्षको मार्चमा अफगान तालिबानले पाकिस्तानका विमानले अफगानिस्तानको सीमामा पकतीका र खोस्त क्षेत्रमा बमबारी गरेको आरोप लगाएको थियो । त्यसको जवाफमा पाकिस्तानको विदेश मन्त्रालयले उक्त आक्रमण आतंकवादीका विरुद्ध भएको जनाएको थियो ।

 

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बीबीसीलाई दिएको अन्तर्वार्ताका क्रममा हालै भनेका थिए, “अपरेसन अज्म ए इस्तेहकामअन्तर्गत आवश्यक परेमा अफगानिस्तानमा भएका तहरिक ए तालिबान पाकिस्तानको ठेगानामा निसाना बनाउन सकिनेछ ।”

उनले विगतमा भएका यस्ता कारबाहीका बारेमा पनि बताएका थिए । उनको यो भनाइमा अफगानको तालिबानले भनेको छ, “अफगानिस्तानको नोक्सान पुग्ने इजाजत हामी दिँदैनौँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close