आफुले उत्पादन गरेको वस्तुले बजार नपाएको उद्यमीको गुनासो

 

सुर्खेत,२३ फागुन । उत्पादित वस्तुहरुले बजार नपाएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उद्यमी महिलाहरुले आफूहरुले उत्पादन गरेका वस्तुले बजार नपाउँदा समस्या भएको बताएका हुन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी उद्यमी महिलाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागी वीरेन्द्रनगर १२ की उद्यमी तुलसी बुढाथोकीले बजार व्यवस्थापन सम्बन्धि नीति निर्माण गर्नका लागि कर्णाली प्रदेश सभालाई आग्रह गरेकी छन् । ‘मैले च्याउ खेती गर्छु,’ उनले भनिन्, ‘बजार नपाएपछि २० केजी च्याउ सुकेर तीन केजी भएको छ ।’ उद्यमीहरुलाई उद्यमशीलताको तालिम सँगसँगै बजार व्यवस्थापनसमेत गर्नुपर्ने उनले बताइन् । कर्णालीको उत्पादन कर्णालीमा पनि प्रयोगका लागि नीति बनाउन आवश्यक भएको उनले बताइन् ।

उद्यमी शान्ता शर्माले कच्चा पदार्थ बाहिरबाट ल्याउँदा निर्माण गरिने सामाग्री महँगो हुने हुँदा बिक्रीमा समस्या हुने बताइन् । कच्चा पदार्थहरुको व्यस्थापन यतै गरिदिने अवस्था भएको खण्डमा उद्योगबाट फाइदा हुने उनले सुनाइन् । अगरबत्ती उत्पादनको काम गर्दै आएकी शर्माले बजार व्यवस्थापनको लागिसमेत सरकारी तवरबाट काम गरिनुपर्ने बताइन् । कार्यक्रममा सहभागी अधिकांश सहभागीहरुले उद्यमीलाई सहज रुपमा ऋणको उपलब्धता, तालिम, बजार व्यवस्थापन र नयाँ प्रविधिमा जोड्नुपर्ने बताएका थिए ।

आइतबार कर्णाली प्रदेश सभा सामाजिक विकास समिति तथा संसद सहयोग परियोजना ९युएनडीपी० ले उद्यमी महिलाहरुसँग अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । श्रमिक महिलाहरुलाई दिवससँग जोड्नका लागि कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीले बताइन् । श्रमिक महिला दिवसको मर्म नै श्रमिकका समस्या सुन्ने र सोही बमोजिम नीति निर्माण गर्नु भएको भन्दै ओलीले सोही बमोजिम नीति निर्माणमा सहायता पुगोस् भन्ने हेतूले कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । आगामी बजेटमा उद्यमी महिलाका लागि कस्तो बजेट ल्याउने भन्ने कुरामा समेत कार्यक्रमले सहयोग पुग्ने उनले बताइन् । ‘नीतिमा केही थपघट गर्नुपरे गर्छु,’ उनले भनिन्, ‘तर बढीभन्दा बढी महिलाहरु उद्योगसँग जोडिनुपर्छ ।’ आर्थिक रुपमा महिलाहरु सक्षम नभएसम्म कुनै पनि हालतमा दिवसले सार्थकता नपाउने तर्क गरिन् ।

कार्यक्रममा बोल्दै सांसद पद्मा खड्काले उद्यमी महिलाहरुले कार्यक्रममा राखेका विभिन्न समस्याहरुलाई संसद बैठकमा राख्ने बताइन् । उनले नीतिगत सुधारमा समेत आफूहरुको ध्यान गएको बताइन् । संसद सहयोग परियोजना ९यूएनडीपी० का फिल्ड अफिस प्रमुख रफिम सिद्धिकीले उद्यमी महिलाहरुलाई विभिन्न मेसिन तथा औजार र तालिमहरु दिँदै आएको आवश्यकता परेको खण्डमा सहयोग गर्न सकिने प्रतिवद्धता व्यक्त गरे । अन्र्तनिर्भर समाजमार्फत् उद्यमी महिलाहरुलाई बीऊ, औजार, पूर्वाधारमा समेत सहयोग गरेको भन्दै आवश्यकता परेको खण्डमा थप सहयोग गर्न सकिने उनले बताए । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख मुकुन्दनाथ गिरीले महिलाहरुका नाममा उद्योग दर्ता गर्दा थुप्रै अवसरहरु प्राप्त गर्न सकिने बताए ।

बैंकले ऋण दिने, करमा छुट लगायतका कुरामा सहज हुने उनले तर्क गरे । कार्यक्रममा प्यानल छलफलसमेत भएको थियो । जसमा कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका अध्यक्ष देवी ओली, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख मुकुन्दनाथ गिरी, नेपाल बंैक लिमिटेडका प्रमुख गणेश खत्री र संसद सहयोग परियोजनाका फिल्ड अफिस प्रमुख रफिम सिद्धिकी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close