दुर्घटनामा एकको मृत्यु

भेरिगङ्गा नगरपालिका १२ छिन्चु बजारमा हिजो राती बा ३ ख ६३५२ नम्बरको फोर्स गाडिले ठक्कर दिदा एक युबाको उपचारको क्रममा नेपालगन्जमा मृत्यु भएको छ ।

भेरिगङ्गा नगरपालिका ४ का अन्दाजी ३२/ ३३ बर्षका राजु बोहोरा आफ्नो भे ४ प ६३३८ नम्बरको मोटरसाइकल रोकि हिड्ने क्रममा पछाडि बाट आइ ठक्कर दिई गम्भीर घाइते बनाएको थियो ।

अहिले छिन्चु देखि छोटा तथा लामा दुरिकै कुनै पनि यातायातका साधन चलेका छैनन भने बजारका सम्पुर्ण पसलहरु आफन्तले बन्द गरेका छन । चालक गाडि जङ्गलमा छोडी सम्पर्क बिहिन भएको ईलाका प्रहरी चौकी छिन्चुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close