थप ६७१४ संक्रमित, ६७१६ संक्रमणमुक्त, १४५ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ ।

गत २४ घण्टामा ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१९ हजार ३० जनाको पीसीआर परीक्षणमा ६ हजार ६ सय ७७ तथा ३ सय २२ एन्टिजेन परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ५ लाख ४० हजार ७ सय ७५ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६७१६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ११ हजार ६ सय ३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close