
नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ। पछिल्लो २४ घन्टामा ६३८ जना संक्रमित थपिएका छन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा धनकुटाका १, झापाका ८, मोरङका ४, सिरहाका ३, सुनसरीका ३२, उदयपुरका ७, कोशी अस्पताल विराटनगरमा झापाका २, उदयपुरका ८, मोरङका ३८ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा धनुषाका १८, महोत्तरीका १०, सिरहाका १, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज प्रयोगशाला सिरहाका ८, सप्तरीका ११ जनामा कोरोना भेटिएको मन्त्रालयलका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
नारायणी अस्पताल वीरगञ्जमा बाराका ४, पर्साका ६६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका ४, धादिङका ५, गोरखाका १, काठमाडौंका २८, ललितपुरका १, नुवाकोटका २, सर्लाहीका ३४ जनामा कोरोना पृष्टि भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्लाहीका २, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा चितवनका ३, कपिलवस्तुका १, रुपन्देहीका ९ जनामा कोरोना पुष्टि भएको छ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बाराका २०, रौतहटका १५, धुलखेल अस्पताल धुलिखेलमा काभ्रेपलाञ्चोकका ४, पाटन अस्पताल ललितपुरमा धादिङका १, काठमाडौंका ८, ललितपुरका ८, महोत्तरीका १, मकवानपुरका १, रौतहटका १, सर्लाहीका १ जनाको कोरोना पृष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै, वीर अस्पतालमा बर्दियाका १, धादिङका १, काठमाडौंका ३, महोत्तरी १, रुपन्देहीका १, सर्लाहीका १, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बाँकेका १, भक्तपुर १, दार्चुलाका १, धादिङका ३, धनुषाका ४, कास्कीका १, काठमाडौंका १३, खोटाङ १, ललितपुरका १, नुवाकोटका १, पर्साका २, सर्लाही १ सिरहा १, स्याङजाका १ जनामा कोरोना भेटिएको छ।
नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका ५, स्टार अस्पताल सानेपामा काठमाडौंका १४, ललितपुरका १, रौतहटका १ जनामा कोरोना भेटिएको छ।
विध ल्याबमा बाराका ११, काठमाडौंका २, ललितपुरका २, काठमाडौं मेडिकल कलेजमा काठमाडौंका २, ह्याम्स अस्पतालमा कपिलवस्तुका १, काठमाडौं ८, ललितपुरका १, पर्साका १, सर्लाहीका १ जनामा कोरोना पृष्टि भएको छ।
नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका ४, रोल्पाका १, वीरेन्द्र अस्पताल काठमाडौंका ३, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा/प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कास्कीका ४, बाग्लुङका २, तनहुँका २ जनामा कोरोना भेटिएको छ।
मन्त्रालयका अनुसार नेसनल प्याथ ल्याबमा नवलपरासीका १, रुपन्देहीमा १५, कपिलवस्तुका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देहीका ६, कपिलवस्तुका २, प्युठानका १० जनामा कोरोना भेटिएको छ।
त्यस्तै भेरी अस्पताल नेपालगञ्जमा अछाम, अर्घाखाँचीका १/१, बाँकेका २७, दाङका ७, धादिङका १, दोलखाका १, इलामका १, जारजरकोटका १, कालिकोटका १, ललितपुरका २, ओखलढुंगाका २, पाँचथरका १, पर्वतका २, रामेछापका १, रौतहटका १, रुकुमपश्चिमका १, सप्तरीका २, सिन्धुपाल्चोकका १, सिरहाका १, सुनसरीका १, सुर्खेतका २, उदयपुरका १ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए।