अनियमितताको आरोपमा दुई एसपी र एक इन्सपेक्टरलाई ६ महिना निलम्बन

नेपाल प्रहरीले दुईजना प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षकलाई निलम्बन गरेको छ।

अनियमितता गरेको आरोपमा एसपी रामेश्वरप्रसाद यादव, विमल बस्नेत र प्रहरी निरीक्षक मेघप्रसाद चौरसिया निलम्बनमा परेका हुन्।
उनीहरूको निलम्बन अवधि ६ महिना रहेको छ।

प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरका अनुसार उनीहरूमाथि प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको आरोप छ।

“अनुसन्धान गर्न भनेर आज (बुधबार) निलम्बन गरिएको हो”, प्रवक्ता कुँवरले देखापढीसँग भने, “तिनैजना प्रहरी अधिकृतको निवलम्बन अवधि छ महिना हो।”

प्रहरी प्रधान कार्यालयले अनियमितताबारे छानबिनका लागि एसएसपी उमेश रञ्जितकारको नेतृत्वमा छानविन टोली गठन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close