Murti

प्रतिनिधि सभाको अर्काे बैठक पुस ६ गते बस्ने

प्रतिनिधि सभाको १० औँ अधिवेशनको अर्काे बैठक एक हप्ताका लागि स्थगित भएको छ । आज मङ्गलवार अधिवेशनको पहिलो बैठक बसेपछि अर्काे बैठक पुस ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको थियो । एमालेले आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गरेको हो । यसअघिको अधिवेशनमा पनि एमालेले यही विषयलाई लिएर संसदमा अवरोध गरेको थियो ।
एमालेको अवरोधकै बीच आजको बैठकमा ६ वटा अध्यादेश पेस भएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संसोशोन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेस गर्नुभएको छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्रीका तर्फबाट पनि मन्त्री बडूले रेल्वे अध्यादेश २०७८ पेस गर्नुभएको छ । यस्तै यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि मन्त्री बडूले बैठकमा पेस गर्नुभएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close