
पौडी खेल्ने क्रमममा वेप्तता भएका युवकको शव फेला परेको छ।
बुधवार दिउँसो चितवन ईच्छाकामना गाउँपालिका ६ जलविरे झरनामा स्याकल्याङ्क बस्ने २० वर्षीय अभिषेक मगर र २४ वर्षीय विष्णु मगर पौडी खेल्ने गएका थिए। पौडी खेल्ने क्रममा अभिषेक मगर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल बिपद ब्यबस्थापन तालिमबाट १२ जनाको टोली उद्धारको लागि पुगेको थियो।
टोलीले अभिषेक मगरको शव फेला पारि इलाका प्रहरी कार्यालय मुग्लिङ्ग टोलीलाई बुझाईएको छ।