पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर खुल्ने

मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएको छ । कोरोनाभाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द रहेको मुक्तिनाथ मन्दिर यही पुस २१ गतेदेखि खोल्ने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङ, मुक्तिनाथ धार्मिक क्षेत्र विकास समिति, स्थानीय झारकोट, खिङ्गा र रानीपौवा गाउँका प्रतिनिधिसहित सम्पन्न बृहत् भेलाबाट मन्दिर खुलाउने निर्णय गरिएको जनाइएको छ ।

मुक्तिनाथ मन्दिर खुल्ने भएपछि स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । मन्दिर खुलेसँगै लामो समयदेखि ठप्प मुस्ताङमा आगामी दिनमा पर्यटकीय चहलपहल बढ्ने विश्वास गरिएको छ ।

मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका साथ नेपाली तथा भारतीय दर्शनार्थी प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मुक्तिनाथ पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close