बहुमत दाबी गर्न हस्ताक्षर लिएर नेताहरू शीतल निवासमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दाबी गर्दै नेताहरु शीतल निवास पुगेका छन् ।   राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारको लागि दिएको म्याद सकिन १ः५० मिनेट मात्र बाँकी हुँदा नेताहरु १४९ सांसदको हस्ताक्षर बोकेर शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले (खनाल–नेपाल पक्ष), जसपा (भट्टराई–यादव पक्ष) गरेर १४९ सांसदको हस्ताक्षर लिएर नेताहरु शीतल निवास गएका हुन् ।  राष्ट्रपति कार्यालयको गेट नखुल्दा केहीबेर सडकमा सवारी जामसमेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close