कर्णाली प्रदेशमा २४ घण्टामा ९५ जनामा संक्रमण पुष्टि

धर्मराज आचार्य
सुर्खेत १७, भदौं ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ९५ जना नयाँ संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण अनुसार ५८ जना र प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि हुनेहरुमा जुम्लाका ३९ जना, कालिकोटका २२ जना, सुर्खेतका १७ जना, दैलेखकाा ५ जना, बाँकेका ४ जना, कैलालीका २ जना, र बझाङ्ख, दाङ्ख, दार्चुलाका १÷१ जना रहेका छन् । योसँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या २ हजार ५ सय ५१ पुगेको छ । कर्णाली प्रदेशका विभिन्न आइसोलेशनमा रहेका ६जनाले पछिल्लो २४ घण्टामा कोरोना जितेका छन् । हालसम्म कर्णालीमा २ हजार १ सय २५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।
हालसम्म कर्णालीमा संक्रमण पुष्टी भएका मध्य ६ जनाको मृत्यु भईसकेको छ ।

सुर्खेत र जुम्ला अदालतको सेवा बन्द
यसै बीच कर्मचारीलाई कोरोना पुष्टि भएपछि जिल्ला अदालत सुर्खेत र जिल्ला अदालत जुम्लाले अनिश्चित रुपमा सेवा वन्द गरेका छन् । उच्च अदालत सुर्खेतको अनुमतिमा कोरोना भाइरसको थप परीक्षण कन्ट्राक ट्रेसिङ गर्न तथा कोभिड १९ को थप संक्रमण रोक्न सेवा स्थगन गरेका हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close