आफ्नै बाबुको हत्या गर्ने एकजना पक्राउ

रौतहतमा आफ्नै बाबुको हत्या गरेका एक युवक पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरेर मातेको झोकमा चिरपट प्रहार गरी आफ्नै बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
बाबुलाई हत्या गरेको अभियोगमा छोरालाई बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले प्रक्राउ गरेको हो । चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close