मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

बर्दियाको बाँसगढी नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
भे ४ प ५१७६ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भई पल्टिंदा बाँकेको बैजनाथ गाउँपालिका–२ का ५६ वर्षीय भागिराम थारुको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका थारुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close