मालपोत र प्रशासन सहित सुर्खेतका ३ कार्यालयमा यस्तो भीड ! २५ गतेदेखि सेवा बन्द

सुर्खेत : कोरोना महामारीको त्रासलाई वेवास्ता गर्दै सुर्खेतका जिल्ला प्रशासन कार्यालय सहित ३ कार्यालयमा थेगि नसक्नुको भीड देखिन थोपछि प्रमुख जिल्ला अधिकारीले तुरुन्तै एक्शन लिएका छन् ।

प्रशासन कार्यालय, मालपोत र नापी कार्यालयमा दिनहुँ सेवाग्राहीको भीड देखिन थालेपछि बिहिबार प्रमुख जिल्ला अधिकारीले कोरोना रोग नियन्त्रण जिल्ला स्तरीय समितिको आकस्मिक बैठक बसी साउन २५ (आइतबार) देखि सेवा बन्दको निर्देशन दिए ।

सामाजिक दुरी कायम गरी सेवा प्रवाह गर्न सकिने मर्मलाई लत्याउँदै मानिसहरु कोरोना रोगको संक्रमण हुन सक्ने खतरालाई पनि ख्याल नगरी भीड लगाउन थालेपछि प्रशासनले एक्शन लिएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आइतबार देखि नै लागु हुने गरी र अर्को निर्णय नहुन्जेल सेवा बन्द गर्ने निर्णय गरिएको होष्ट खवरलाई जानकारी दिए । ‘के कसरी सञ्चालन गर्ने र टोकन सिष्टम सम्म जानेकी भन्नेबारेमा कुराकानी भइरहेको छ तर अर्को निर्णय नहुन्जेल सम्मका लागि ३ वटा कार्यालयमा अहिलेलाई सेवा बन्द गर्ने निर्णय गरेका हौं,’ होष्ट खवरसंग कारण खुलाउँदै प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘अरु कार्यालयका बारेमा पनि के गर्ने भनेर छलफल हुन्छ, जोखिम निकै बढ्यो ।’

२५ गतेदेखि नागरिकता वितरण, राहदानी सिफारिस, संघसंस्था दर्ता तथा नविकरण र लगायतका सेवा प्रवाह बन्द गरिने कार्यालयले जनाएको छ । सेवाग्राहीको अत्याधिक भिडका कारण संक्रमण फैलिने भन्दै सेवा प्रवाह बन्द गर्न लागिएको सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए ।

 

 

प्रशासन र मालपोतसहित सुर्खेतका ३ कार्यालयमा यस्तो भीड ! २५ गतेदेखि सेवा बन्द (फोटोहरु र भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close