आफैले चलाएको गाडी दुर्घटना हुदाँ घनश्याम भुसाल घाइते

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल सवारी दुर्घटनामा घाइते हुनुभएको छ । उहाँको छातीमा चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ । भुसालले चलाएको गाडी आज बानेश्वरमा रहेको रोड डिभाइडरमा ठोक्किएको थियो ।
भुसालको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिनुभयो । प्रहरीका अनुसार नयाँ बानेश्वरको बेकरी क्याफे अगाडि भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी डिभाइडरमा ठोक्किएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close