ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

जुम्लाको पातारासी गाउँपालिका–६, बडिखोलीमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टरमा सवार पातारासी गाउँपालिका–२, तल्फिका ५० वर्षीय अमिर बोहोरा रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको छ ।
खंलगाबाट लाछी बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ त ०४२७ नम्बरको ट्याक्टर सडकदेखि अन्दाजी ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका अन्य चारजना भने सामान्य उपचार पश्चात घर फर्कीसकेका छन् । चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close