कोरोना संक्रमित सम्पर्क बाहिर गएपछि टेकु अस्पतालमा तनाव

काठमाडौंको टेकु अस्पतालमा उपचारका लागि ल्याइएको दुई जना कोरोना संक्रमित भारतीय नागरिक सम्पर्क बिहीन भएपछि हल्लीखल्ली मच्चिएको छ।

कोरोना संक्रमणका कारण १२ दिनदेखि उपचाररत एक जना र आज पुष्टि भएका अर्का एक जना बिहीबार दिउँसो साढे चार बजेतिर अस्पतालको सम्कर्पबाहिर गएका थिए।

नयाँ संक्रमितलाई अस्पतालले भर्ना लिनका लागि कुराएको अवस्थामा दुवै जना सम्पर्क बिहीन भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो।

अहिले साँझ दुवै संक्रमित सम्पर्कमा आएका अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए।

ती मध्ये पुराना संक्रमित भोलि डिस्चार्ज हुनेछन् भने आज पुष्टि भएकालाई उपचारका लागि केएमसी अस्पताल लगिएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close