भलिबलको उपाधी शुभ लक्ष्मीलाई

सुर्खेत,१८ माघ । शुभ लक्ष्मी युवा क्लब पशुनाउला —९ सिम्ता खानिखोलाले सहिद सप्ताहको अवसरमा आयोजना गरेको वडा स्तरीय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक शुभ लक्ष्मीले हात पारेको छ ।

फाइनलमा नवदिप युथ क्लब सिम्ता ९ चोल्पालाइ हराउँदै शुभ लक्ष्मीले उपाधी हात पारेको हो । प्रतियोगिताको बिजेता शुभ लक्ष्मीले १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र र उपबिजेता नवदिपले सात हजार सहित मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक शुभ लक्ष्मीका कमल रेग्मी घोषित भएका छन भने उत्कृष्ट अनुशासन खेलाडी नवदिप युथ क्लबका बिजय नेपाली भएका छन् ।

बिजेता खेलाडिलाइ पुरुस्कार बितरण गर्दै नेकपा जिल्ला कमिटी सदस्य प्रमुख अतिथि प्रेम बहादुर सुनारले भलिबललाई सरकारले राष्ट्रिय खेलको रुपमा बिकाश गरेकाले अनुशासित रहेर खेल खेल्न खेलाडिहरुलाइ आग्रह गरे, यस्तै विशेष अतिथि लक्ष्मी प्राथमिक बिधालयका प्रधानाध्यापक अमरसिंह रेग्मिले खेलकुद नै राष्ट्रलाई चिनाउने क्षेत्र भएकाले सधै इमान्दारी र अनुशासनमा रहेर खेल प्रदर्सन गर्न खेलाडिलाइ सुझाब दिए ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य प्रायोजन महिला शसक्तिकरण मन्च पशुनाउला, र सह प्रायोजन लेकबेशी सामुदायिक बन समिती पशुनाउला र सिर्जनशील महिला समूह पशुनाउलाले गरेका थिए । समापन समाहरोहमा खेलकुद प्रतियोगिता अबधिसम्म सहयोग गर्ने सहयोगीदातालाई नगद सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close