
काठमाडौंमा कोरोना संक्रमण व्यापक रुपमा फैलिरहेका बेला विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुमा पनि संक्रमण देखिन थालेका छन् । बुधबार नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रबैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा कार्यरत एकजना कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
उनमा संक्रमण देखिएपछि आज दिनभर बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरेर संक्रमितको समीप रहेर काम गर्ने कर्मचारीहरुको पनि पिसीआर परीक्षण गरिएको जनाइएको छ ।
त्यसैगरी राष्ट्रबैंकका सबैजना कर्मचारीको पनि परीक्षण गर्ने तयारी भइरहेको पनि बताइएको छ ।