
कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको टीकापुर नगरपालिका–१ वनगाउँबाट सोहि स्थानका २५ वर्षीय यमबहादुर घर्तीमगर पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले ६ सय ६० ग्राम लागुऔषधसहित घर्तीलाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।