अध्ययन बिनाको करोडौँ खर्च विमानस्थलमा, संचालनमा रहेका मध्ये पनि अधिकांश घाटामा ?

अहिले मुलुकभर अन्तर्राष्ट्रिय र आन्तरिक गरि ५४ वटा विमानस्थल छन् । त्यसमध्ये २२ वटा गौचरनमा परिणत भएका छन् ।

सडक यातायात पुगेपछि हवाई यात्रुको अभावमा नेताको लहडमा खोलिएका विमानस्थ बन्द भएका हुन । संचालनमा रहेका मध्ये पनि अधिकांश विमानस्थल घाटामा छन् ।

५४ वटा विमानस्थल मध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित ३२ वटा विमानस्थल संचालनमा छन् । बागलुङको बलेवा, दार्चुला, ढोरपाटन, डोल्पाको मसिनेचौर, जिरी, लाङटाङ, मेघौली, टिकापुर, डोल्पा, इलाम र कालिकोट लगायतका २२ वटा विमानस्थल बन्द छन् ।

सडक यातायात पुगेपछि हवाइ यात्रुको अभाव हुँदा, वैकल्पिक व्यवसायीक योजना र अध्ययन बिनै खोलिएका विमानस्थ बन्द भएका हुन । संचालनमा रहेका मध्ये पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाफामा छ । पोखरा, बिराटनगर, वीरगञ्ज, भैरहवा, धनगढी विमानस्थलले संचालन लागत उठाए पनि बाँकी सबै घाटामा छन् ।

अहिले निजगढ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भइसकेको छ । चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले उद्यपुर विमानस्थलको निर्माण कार्य प्रारम्भ गर्ने घोषणा गरेको छ ।

अहिले कुनै स्थानमा विमानस्थल निर्माण गर्नै परेमा तराई र भित्री मधेश क्षेत्रमा ४० नटिकल माइल र पहाडी क्षेत्रमा २० नटिकल माइल दूरीमा अर्को विमानस्थल नभएमा निर्माण गर्ने नीति छ । यो नीतिलाई नै परिमार्जन गरेर तराई र भित्री मधेशमा ६० र पहाडी क्षेत्रमा ४० नटिकल बनाउनुपर्ने जानकार बताउँछन् ।

नेपालमा विमानस्थल निर्माण गर्दा आवश्यकता र लागतको अध्ययन नगरी स्वार्थ केन्द्रित भएर राज्यको लगानी खेर गएको छ । चालू आर्थिक वर्षका लागि पनि सरकारले बाग्लुङ्गको बलेवा, दाङ, टारिगाँउ, टीकापुर, चौरजहारी लगायतका विमानस्थलको स्तरोन्नतीका लागि १२ अर्ब २४ करोड रुपैयाँ बजेट बिनियोजना गरेको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close