पोखरामा ७ प्रहरीमा कोरोना, समुदायमा फैलिएको आशंका

पोखराको नदीपुरमा ड्युटीमा खटिएका एक जना प्रहरीलाई साउन २१ गते कोरोना भाइरस पुष्टि भयो।

सामान्य ज्वरो आएपछि उनको स्वाब परीक्षण गर्न प्रयोगशाला पठाइएको थियो। उनलाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका अरुको पनि परीक्षण गरियो।

मंगलबार परीक्षण गर्दा ७ जनालाई कोरोना पुष्टि भएको छ। यसरी कोरोना पुष्टि हुनेमा १ जना पुरुष र ६ जना महिला रहेको पोखरा महानगरका स्वास्थ्य शाखाका अधिकृत हरिलाल आचार्यले बताए।

पोखरा १९ मा आइतबार देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ४ जनालाई संक्रमण देखिएको छ भने कसैसँग सम्पर्कमा आएको नखुलेका ६ जनालाई पनि कोरोना पुष्टि भएको महानगरका स्वास्थ्य अधिकृत आचार्यले बताए।

विरामी भएर अस्पताल गएका र आशंका लागेका व्यक्तिहरुलाई पनि कोरोना देखियो,’ उनले भने, मंगलबार देखिएका ४ जना कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको होइन।’

पोखरामा कसैको सम्पर्कमा नभएको र सामान्य ज्वरो आएका मानिसलाई पनि कोरोना पुष्टि भएपछि समुदायमा कोरोना भाइरस फैलिएको आशंका बढेको छ।

पोखरामा मंगलबार मात्र १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कास्कीमा कोरोना संक्रमितको संख्या १ सय ९० जना पुगेकाे छ।

जसमा १ सय ३४ जनालाई निको भइसकेको छ भने ५५ जना संक्रिय छन्। पोखरामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तै, मंगलबार तनहुँको बन्दिपुरमा २ जना, बाग्लुङमा २ जना र स्याङ्जामा ६ जना संक्रमित भेटिएका छन् । उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए।

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६ सय ४८ जना पुगेको छ। जसमा १ हजार ४ सय ९४ जनालाई निको भएको छ भने ५ जनाको मृत्यु भइसकेको छ । अहिले गण्डकीमा १ सय ३२ जना आइसोलेसनमा छन् भने क्वारेन्टिनमा १ हजार १ सय ४० जना छन् ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close