
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा आज बिहान गाडीको ठक्करबाट १ महिलाको मृत्यु भएको छ।
बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश०३–००१च ६९४३ नम्बरको हात्ती गाडीले ठक्कर दिँदा पैदलयात्री हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो।
उहाँका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएकी ती महिलालाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
महिलाको शव हाल हेटौंडा अस्पतालमा राखिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।