वीरगन्ज कारागारका जेलरमा पनि कोरोना संक्रमण

वीरगन्जमा कारागारका जेलर पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्।

वीरगन्ज कारागारका प्रमुख श्रवण पोखरेलले आफ्नो फेसबुक पेजमार्फत् आफू संक्रमित भएको जानकारी गराएका छन् । दोस्रो पटकको परीक्षणमा आफू संक्रमित भएको उनले जानकारी गराएका छन् ।

आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा आफूलाई कोरोनाबाट जोगाउन नसकेको बताउँदै उनले आफूलाई संक्रमणको केही लक्षण नदेखिएको बताएका छन्।

साउन १४ गते गरिएको २२ जनाको पीसीआर परीक्षणमा ८ जना कैदीबन्दी, २ जना कारागारमा परिसरमा काम गर्ने कर्मचारी र परिसरमा खटिएका तीन जना प्रहरीमा संक्रमण देखिएको थियो ।

जेलर पोखरेलका अनुसार कारागारका १३ जना संक्रमितको सम्पर्कमा आएका कारागारभित्रका ५५ पुरुष र ९ महिला कैदीबन्दी, ३१ जना नेपाली सेना, ७ जना जनपद प्रहरी, १५ जना कारागार कर्मचारी र १ जना बालकको स्वाब संकलन गरिएको थियो ।

त्यसै क्रममा जेलरको रिपोर्ट पोजेटिभ आएको हो। बाँकीको भोलि बिहानसम्ममा आउने उनले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close