सुनको मूल्य फेरि बढ्यो तोलामा एक हजार

नेपाली बजारमा शुक्रवार पनि सुनको मूल्यले किर्तिमानी उचाई कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा रू.१ हजारले बढेको  हो ।

महासंघका अनुसार छापावाला सुनको प्रतितोला रू.१ लाख ३ हजार ५०० र  तेजाबी सुन प्रतितोला रू.१ लाख ३ हजारमा कारोबार भइरहेको छ। यसैगरी चाँदीको मूल्य पनि शुक्रवार तोलामा रू. ६०  बढेको छ ।

शुक्रवार चाँदीको मूल्य प्रतितोला  रू.१ हजार ४०५  कायम भएको छ । चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च हो ।

पहेंलो धातु सुनको मूल्य केहि साता यतादेखि निरन्तर रुपमा वृद्धि भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्दै गएको छ। कोरोना महामारीबाट थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन कतिपय देशका केन्द्रीय बैंकहरुले न्यून ब्याजदर र पुनरुत्थानका योजनाहरु ल्याएकाले सुनको मूल्य उकालो लाग्न सहयोग पुगेको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close