उद्योग वाणिज्य संघ दाङको अध्यक्षमा बुढाथोकी विजयी

दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा टंकसिंह बुढाथोकी विजयी भएका छन्  ।

आइतवार भएको निर्वाचनपछि भएको मतगणनामा कोषाध्यक्षमा भने सुशील पोख्रेल विजयी भएका छन् । अध्यक्ष र कोषाध्यक्ष पदका लागि मतदान भएको  हो ।

बुढाथोकीले १ हजार २५७ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार वसन्त जोशीले १ हजार १३ मत ल्याएका थिए । त्यस्तै कोषाध्यक्ष पोख्रेलले १ हजार २६३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी धनपति शर्माले ९८५ मत प्राप्त गरेका थिए । कुल ४ हजार ३३८ मतदाता मध्ये २ हजार ४३२ जनाले मतदान गरेका थिए ।
अन्य १७ पदाधिकारी भने सहमतिका आधारमा यसअघि नै चयन भइसकेका छन् । जसमा महासचिवमा महेन्द्र बुढाथोकी, वरिष्ठ उपाध्यक्षमा नरेश कार्की, उद्योग उपाध्यक्षमा अनिल आचार्य, वाणिज्य उपाध्यक्षमा रामप्रसाद पोख्रेल, सचिवमा नरेश कुमार श्रेष्ठ र सहकाषाध्यक्षमा राजभक्त राना चयन भएका छन् ।

त्यसैगरी उद्योग सदस्यमा भरत रेग्मी, एशोसियशन सदस्यमा ज्ञानबहादुर फौदार, वस्तुगत सदस्यमा माधव खनाल  चयन भएका छन् । अन्य सदस्यहरुमा जुद्धबहादुर घर्ती मगर, जगतप्रसाद आचार्य, विकास वली, एकनारायण पौडेल, विष्णुप्रसाद रिजाल, लिलाराम खड्का विनोदप्रसाद पाण्डे र विष्णुप्रसाद गौतम छन् ।

सहमतिपछि पहिलेको कार्यसमिति भन्दा ६ जना थप गरिएको छ । एक जना बरिष्ठ उपाध्यक्ष, एक सहकोषाध्यक्ष, दुई जना सदस्य, एक जना एशोसियट सदस्य र एक जना बस्तुुगत सदस्यकारुपमा थप गरिएको हो । दाङ जिल्ला उद्योग बाणिज्य संघमा अब २० जना नयाँ पदाधिकारी, सदस्य र एक जना निवर्तमान अध्यक्ष रहने गरी २१ सदस्यीय समिति बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close