Murti

६ बुँदे मागसहित कोहलपुरमा जारी आन्दोलन टुंगियो

बाँके — ६ बुँदे मागसहित कोहलपुरमा जारी आन्दोलन टुंगिएको भएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सरकार समक्ष विभिन्न ६ बुँदे माग गर्ने सहमति गर्दै आन्दोलन टुंग्याउने निर्णय गरेको हो ।

विद्यालयकी एक छात्रालाई ट्रकले ठक्कर दिएपछि आइतबार र सोमबार दिनभर कोहलपुरमा आन्दोलन चर्किएको थियो । सोमबार बिहान ११ बजेदेखि बसेको वार्ता बेलुका ५ बजे ६ बुँदे सहमति गर्दै टुंगिएको प्रजिअ खड्काले जानकारी दिए ।उनले भने, ‘अब कार्यन्वयनको पाटोमा ध्यान दिनुपर्छ। मंगलबार सद्भावना र्यालीको तयारी गरिएको छ ।’

६ बुँदे माग अन्तर्गतदुर्घटनामा परेर दुवै खुट्टा गुमाएकी छात्रा प्रकृति चन्दको शिक्षा दिक्षासहित जीवनयापनको लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न गृह मन्त्रालयमा अनुरोध गरिने उल्लेख छ ।आन्दोलनमाघाइतेहरुको सम्पूर्ण उपचार खर्च राज्यले व्योहर्ने सहमति भएको छ ।

यस्तै, घटनामा घाइते विद्यार्थी, सर्वसाधारण, सुरक्षाकर्मीलाई सुस्वाथ्यको कामना गर्दै सद्भाव वातावरण सिर्जना गर्न प्रहरी प्रशासन सबै राजनीतिक दल, नागरिक समाज, शिक्षक विद्यार्थीहरु लगायत सबै सरोकारवाला पक्षले पहल गर्नका सद्भाव र्यालीको आयोजना गर्ने, घटना उग्र हुन नदिन प्रहरी प्रशासन र विद्यार्थीबीच कहाँ, कसले, कुन कुन ठाउँमा कमजोरी भयो छानबिन गर्न न्यायिक समिति गठन गर्नका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने, घटनामा आगजनी, तोडफोड भइ पुगेको क्षतिपूर्ति उपलब्ध गराउन सरकार समक्ष अनुरोध गर्ने, घाइतेको उपचार, क्षतिपूर्तितथा राहतको लागि जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, शैक्षिक संस्था लगात सरोकारवाला सबैले आ–आफ्नो तह र तप्काबाट आवश्यक पहल गर्ने निर्णयभएको छ ।
Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close