प्रदेश १ सरकारले घोषणा गर्यो नौ व्यक्तिलाई पर्यटन दुत

काठमाडौं । प्रदेश १ सरकारले विभिन्न क्षेत्रमा ख्याती कमाएका नौ व्यक्तिलाई पर्यटन दुत घोषणा गरेको छ । प्रदेश १ सरकारले शुक्रबार काठमाडौँमा आयोजना गरेको भिजिट नेपाल २०२० पर्यटन प्रवर्द्धन समन्वय गोष्ठीमा दुतमा नियुक्त नौ व्यक्तिको नाम सार्वजनिक गरेको हो ।

पर्यटन दुत हुनेहरुमा आरोही कामिरिता शेर्पा, मिङ्मा शेर्पा, सानु शेर्पा, मिङ्मा ग्याबु शेर्पा, छाङ्‍दावा शेर्पा अल्ट्रा धाविका मीरा राई, कलाकार दीपाश्री निरौला, नेपालकै अग्ला राजन अधिकारी र पिङ्कीराज गरिया रहेका छन् । उनिहरु सबैलाई शुक्रबारनै प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले दुतको प्रमाणपत्र प्रदान गर्दै प्रचार प्रसारमा महत्वपुर्ण भुमिका निर्वाह गर्न आग्रह गरे । उनले प्रदेश १ लाई आधार बनाएर पर्यटन प्याकेजका कार्यक्रम ल्याउन पर्यटनसँग सम्बन्धित संस्थालाई समेत अनुरोध गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै संघीय पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० सफल बनाउन सबैको सहयोग आवस्यक रहेको बताए । उनले संघीय सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनको लागि प्रदेश सरकारलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close