बैतडीमा अशक्त, असहायका घरमै नागरिकता

 

जिल्ला प्रशासन कार्यालय बैतडीले अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरिरहेको छ । गाउँमै शिविरको आयोजना गरी तथ्याङ्क सङ्कलन गरेर नागरिकता प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

अन्य कामको सिलसिलामा स्थानीय तहमा कर्मचारी खटिएका बेला नागरिकताका लागि आवश्यक कागजात सङ्कलन गरेर जिल्ला प्रशासनमा ल्याउने र त्यसपछि नागरिकता बनाएर उनीहरुकै घरमै पठाउने गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सिगास गाउँपालिकामा सात जना अपाङ्गता भएका नागरिक, अशक्त र ज्येष्ठ नागरिकको नागरिकता बनाएर पठाइसकिएको छ ।

यस्तै पञ्चेश्वर गाउँपालिकाका ३५, शिवनाथ गाउँपालिका छ र मेलौली नगरपालिकामा सात जनाको विवरण ल्याइसकेको र अब उनीहरुको नागरिकता बनाएर पठाइने जनाइएको छ । अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकका लागि जिल्लाको डिलाशैनी गाउँपालिकाको धाँमीगाउँमा पुस ११ गते र दोगडाकेदार गाउँपालिकामा पुस १२ गते कर्मचारी खटाइने तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close