दैलेखमा जीप दुर्घटना हुँदा ९ जना घाइते

 

दैलेखमा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।दैलेख बजारबाट चामुण्डा विन्द्रासैनी नगरपालिका जाँदै गरेको लु २ च ४५५४ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारका अनुसार घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ। जीप चालक सुर्खेतको मेहलकुनाका इन्द्रप्रसाख ज्ञवाली, चामुण्डाविन्द्रासैनी नगरपालिका–६ का सूर्य शाही र वडा नम्बर ४ का पूर्ण शाहीलाई थप उपचारका लागि सुर्खेत पठाइएको हो।उनीहरूको अवस्था भने खतरामुक्त रहेको प्रहरी निरीक्षक सुनारले बताउनु भयो ।

बाँकी ६ जनालाई सामान्य चोटपटक लागेको उहाँले जानकारी दिनु भयो । गाडीमा जम्मा ९ जना सवार थिए।बाटोमा गुडिरहेको गाडी अनियन्त्रित भई भित्तामा ठोक्किएको उनले जानकारी दिनु भयो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close