लामो बन्दाबन्दी पछि पर्यटकका लागि बुलबुले तालको नयाँ स्वरुप

गीत–सङ्गीतका माध्यमले बुलबुलेको प्रचार भएकाे ४५ वर्ष बिते

सुर्खेत बुलबुल ताल
मै सानी हुदैमा छुट्यो मायाँजाल …
सुर्खेत बुलबुल ताल बोलको गीत जति लोकप्रिय छ त्यति नै सुर्खेतको लोकप्रियता पनि बढ्दै गएको छ । मध्यपश्चिमको यात्रा गर्दा गाडिहरुमा घन्किरहने गित हो यो । यो गितको तालसंगै गाडिमा हुईकीन पाउँदा कतिलाई त सुर्खेत पुगेको पत्तै हुदैन थियो । गाडिहरुको ओहोरदोहोरसंगै मायाको पनि त्यतिनै ओहोरदोहोर हुन्थ्यो । यो गितसंगै माया लगाउने र छुटाउने पनि धेरै हुन्थे । सुर्खेतको यहि बुलबले तालको रोमाञ्चकतामा डुबुल्की मार्दे गर्दा सानैमा मायाँमा डुब्नेहरुपनि त्यतिकै भेटिन्थे । मध्यपश्चिमका युवायुवतीहरुसमेत यहि बुलबुले ताललाई साक्षि राखेर मायाँमा बाधिन पुग्थे भने कतिपयको मायाभने सानै हुँदा छुट्ने गर्दथ्यो । तर, बुलबुले ताल र मायाजाल मात्र सर्खेतको परिचय हैन । बुलबुले तालसंगैको यो गीतको महत्व जति छ सुर्खेतको महत्व त्यो भन्दा बढी छ ।

अहिले पनि कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तब्यको रुपमा बुलबुले तालको आफ्नो छुट्टै महत्व छ । गाडिको यात्रासंगै सुर्खेत रोकीनेहरु यो तालमा पुग्न र आफूलाई तालसंगै तस्वीरमा कैद गर्न छुटाउदैनन् । वास्तवमै बुलबुले ताल मनमोहक भएरै पनि यहाँको उद्यानले पर्यटकलाई लोभ्याउने गरेको छ । तर, अहिले बन्दाबन्दीका कारण यहि बुलबुले तालको डिलमा बसेर मायाजाल बुन्नेहरुको भीडभाड घट्दै गएको मात्र छैन, बुलबुले तालको रौनक पनि पहिलेको जस्तो छैन् ।

वीरेन्द्रनगरस्थित बुलबुले ताल गुरुयोजना अनुरुप तालको क्षेत्रफल अहिले फराकिलो बनाइएको छ । ११ हजार वर्गमिटर रहेको ताल विस्तारसंगै २८ हजार वर्ग मिटरमा फैलिएको छ । ताल वरिपरि सोलार बत्ती राखेर झकीझकाउ बनाईएको छ । जसले गर्दा तालको अवलोकन रात्रीकालीन समयमा पनि गर्न सकिने भएकोछ । तालमा माछा मार्नका लागि फिसिङ डाइक र डुँगा सवारीका लागि बोडिङ डाइक पनि निर्माण गरिएको छ । बुलबुले पर्यकीयस्थल भएकाले २ वटा सेल्फीप्वाइन्ट निर्माण गरिएको छ । गीत–सङ्गीतका माध्यमले बुलबुलेको प्रवद्र्धन हुन थालेको ४५ वर्ष बिते पनि यसको भौतिक विकासले भने बल्ल तल्ल गति लिन थालेको छ । बन्दाबन्दीमा निर्माण भएका थुप्रै पुर्वाधारसंगै आम पर्यटकका लागि बुलबुले उद्यान नयाँ स्वरुपमा देखिने छ । त्यसैले पनि पर्यटकको पहिलो रोजाईमा परेको बुलबुलेतालको संरक्षण गर्न सकीए फेरीपनि सिंगै सुर्खेतले मुहार फेर्ने देखिन्छ ।

भिडियो कथा हेर्न यहाँ क्लिक गर्नुहोस ।

याे पनि हेर्नुहाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close