कांग्रेसको नयाँ नेतृत्व चयन गर्न मतदान जारी

 

काठमाडौं । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि नै मतदानको सुरु भएको छ ।
एक सभापतिका लागि हुने मतदानमा ५ जना, दुई उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराउनु भएको थियो । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिनु भएको छ । प्रदेश २ बाट दुई केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना भने निर्विरोध हुनुभएको छ ।
आज हुने मतदानका लागि तीन मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिनु भएको छ ।
ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि सोमबार विहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ जनाले मतदान गदै हुनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close